Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

प्रधानमन्त्री विरुद्ध बालेनले टिप्पणी गर्दा सुनिता डंगोलको मन दुख्ने !


काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर कटाक्ष गर्दै आएका छन् । उनलै पछिल्लौ पटक सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफूलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका थिए ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेँको मान्छे ! मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !!’

बालेन र प्रधानमन्त्री ओलीबीच लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टि–स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउँदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोपसमेत लगाउँदै आएका छन् ।

महानगर प्रमुख बालेन साह निरन्तर प्रधानमन्त्रीमाथि खनिएपछि आफ्नै पार्टीबाट निर्वाचित उपप्रमुख सुनिता डंगोल प्रतिक्रिया विहिन रहनुलाई एमालेले राम्रो मानिरहेको थिएन । एमालेको काठमाडौं जिल्ला पार्टी कार्यालय स्रा्रेतका अनुसार डंगेललाई उपमेयरको टिकट दिनु एमालेले गल्ती महसुस गरेको छ ।

अहिले निकै ढिलो गरेर उपप्रमुख डंगोलले महानगर प्रमुखले अनियमिता गरेको आरोपमा छानविन गरिरहेको प्रमुख प्रशासकीय अधिकृतको छानविनको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै मेयर बालेनको कटाक्ष गरेकी हुन् ।

‘छानबिन समितिले के गर्ने भन्ने टुंगो नलगाउन्जेलसम्म केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारबाही गर्ने वा उहाँको सट्टामा नयाँ प्रशासकीय अधिकृत किन नपठाएको भन्दै निरन्तर आरोप लगाउने कुरा ठिक होइन,’ उनले भनिन्, ‘आफ्नो कर्तव्य पुरा नगर्ने अनि अरूलाई आरोप लगाउने कुरा उचित होइन भन्नै लाग्छ ।’

उनले छानबिन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक नगरेको भन्दै केही आशंकाहरू उब्जिएको पनि उल्लेख गरिन् ।

उपप्रमुख डंगोलले छानबिन प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृत मात्रै होइन त्यसमा अरु पनि सहभागी छन् भने त्यसको पनि निष्पक्ष रूपमा छानबिन हुनुपर्छ भन्नेमा आफू अडिग रहेको पनि जिकिर गरेकी छन् ।

‘त्यो समग्र प्रक्रियामा एक जना व्यक्तिको मात्रै सहभागिता हो कि अरूको पनि छ भन्ने पत्ता लगाएर उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भनिन ।

मेयर साहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि गत पुस १४ गते शेखर प्रसाद पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए ।

भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएको आरोप लगाउँदै महानगरपालिकाले छानबिन समिति बनाएको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट