Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

प्रचण्डले खुमलटारमा बोलाए पदाधिकारी बैठक


काठमाडौँ, १९ फागुन । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी निवास खुमलटारमा बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीति, अभियानको समीक्षा लगायत विषयमा छलफल गर्न बैठक बोलाएको एक नेताले बताए

माओवादीले फागुन १२ गतेदेखि हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सञ्चालन गरेको छ । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी संशोधन विधेयकबारे पनि छलफल हुनसक्ने उनले बताए । प्रचण्डसहितका शीर्ष नेताहरू सोमबार धनुषाबाट काठमाडौँ आएका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट