Techie IT
Samayabaddha
शुक्रबार, २८ कात्तिक, २०८२

प्रतिनिधिसभाबाट निजीकरण अध्यादेश पारित


काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाबाट निजीकरण अध्यादेश पनि पारित भएको छ। बुधबारको बैठकबाट बहुमतले उक्त अध्यादेश स्वीकृत गरेको हो।

संसद् अधिवेशनको मुखैमा सरकारले ल्याएका ६ मध्ये बुधबार ५ पाँच अध्यादेश स्वीकृत हुने क्रम चलिरहेको छ। पाँचमध्ये निजीकरणसहित ३ अध्यादेश स्वीकृत भइसकेका छन् भने अन्यबारे प्रस्ताव र छलफल चलिरहेको छ।

निजीकरण अध्यादेशमा विपक्षी दलका ७ सांसदले विरोधको सूचना दर्ता गएकामा माओवादी सांसद माधव सापकोटाको सूचना कायम भएको थियो।
अस्वीकृत होस् भन्ने उनको प्रस्तावमा बहुमत नपुगेपछि अध्यादेश बहुमतले स्वीकृत गरेको हो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट