Techie IT
Samayabaddha
शुक्रबार, २ जेठ, २०८२

सर्यो माओवादी केन्द्रको पदाधिकारी बैठक, भोलि बस्ने


काठमाडौं, २५ फागुन । नेकपा (माओवादी केन्द्र) को आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ।

माओवादी केन्द्रका महासचिव देव गुरूङका अनुसार आइतबार दिउँसो ३ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको हो । माओवादी केन्द्रका सबै पदाधिकारीहरू काठमाडौं आइनपुगेकाले बैठक सारिएको बताइएको छ । बैठक सोमबार बिहान ८ बजे बस्ने महासचिव गुरूङले जानकारी दिए।

बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने छ । फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबार बारा, पर्सा र चितवनमा हुने तय थियो।

त्यसपछि क्रमश नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी छ। होली लगत्तै फेरि अभियान सुरू हुने माओवादीले जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट