Techie IT
Samayabaddha
शुक्रबार, २ जेठ, २०८२

लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैनः कमल थापा


काठमाडौँं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने र त्यो सबैले बुझेको उल्लेख गरेका छन् ।

लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प जनताले खोजेको उनको भनाई छ। ‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो। मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो’, उनले लेखेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट