Techie IT
Samayabaddha
शुक्रबार, २ जेठ, २०८२

संसदमा प्रचण्डको सम्बोधन : राजावादीको चलहपहलका पछाडि संगठित प्रयास छ


काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नेपालमा प्रतिक्रान्तीको तरबार चलाउन खोजिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् । इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण बलिदानलाई आज हामी सबैले अझ विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने भएको छ । किनकि त्यो सहादतबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदैछ,’ उनले भने ।

जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको उनले दोहोर्‍याए । सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए । प्रचण्डले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको दाबी पनि गरे । वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएको उनले बताए ।

‘सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ प्रचण्डले भने ।

यस्ता चलखेल आजमात्रै नभएको भन्दै अहिले किन बढ्यो भन्ने प्रश्न मुख्य भएको उनको भनाइ थियो । तर, यस खालका चलखेल आजमात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । अहिले अचानक वृद्धि किन भयो प्रश्न यहाँ छ,’ प्रचण्डले भने, ‘पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन ।’
‘राजावादीहरूलाई मेरो आग्रह छ– लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्,’ मंगलबार संसद्‍मा विशेष समय लिएर बोल्दै प्रचण्डले भने ।

लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको पनि भएको र यही भाव संविधानमा रहेको उनले बताए । लोकतन्त्रमा मूलभूत मान्यता नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्ती फेरि एक पटक आफ्नो शक्ति देखाउने छ’ उनले चेतावनी दिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट