राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देश अप्ठ्यारो अवस्थामा : समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको आरोप लगाएको छ ।
आज ललितपुरमा पत्रकार सम्मेलन गरेर मोर्चाले देशमा विकसित नयाँ परिस्थितिबारे आफ्नो दृष्टिकोण अगाडि सारेको हो । पत्रकार सम्मेलनमा सार्वजनिक प्रेस विज्ञप्तिमा भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको पनि उल्लेख गरेको छ ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रूपमा निर्माण नगरेको दाबी गरेका छन् । उनले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरूको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्ने कुरा गलत भएको र यसअघि पनि आफूहरूले विभिन्न कार्यक्रम गरेको बताए ।
आफूहरू पूर्वराजा पक्षको प्रदर्शनबाट नझस्किएको प्रचण्डले उल्लेख गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एक पटक नागरिकसँग आत्समीक्षा गर्न आवश्यक रहेको भन्दै उनले त्यही उद्देश्य लिएर आफूहरू नागरिकसँग जोडिएको दाबी गरे ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया