Techie IT
Samayabaddha
शनिबार, २२ कात्तिक, २०८२

सत्ता गठबन्धनबीच कुनै खटपट छैन : देउवा


काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा फेरबदल हुने कुनै संभावना नरहेको बताएका छन्।

थाइल्याण्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपुगेका सभापति देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन्।

सत्ता समीकरण परिवर्तन हुँदैछ नि ? भन्ने पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘कसले भन्यो ? मलाई थाहा छैन।’ सत्तासमीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ छ।

गत वैशाख ७ गते देउवा परिवारसहित थाइल्याण्ड गएका थिए।

देउवा स्वदेश फर्कंदै, सत्ता परिवर्तन हुने आशंका


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट