Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

शोकप्रस्ताव पारित गर्दै सकियो राष्ट्रियसभाको बैठक


काठमाडौं, १२ वैशख । राष्ट्रियसभाको १८औँ अधिवेशनको पहिलो बैठक शोकप्रस्ताव पारित गरेर सकिएको छ । शुक्रबार बसेको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

लगत्तै अध्यक्ष दाहालले सहिदप्रति सभामा एक मिनेट उभिएर मौनधारण गर्न आग्रह गरेका थिए । साथै, बैठकमा अध्यक्ष दाहालले पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा शोकप्रस्ताव प्रस्तुत गरे । शोकप्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गर्‍यो ।

बैठकले दिवंगत बोहराप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दिवंगत बोहराप्रति सभाका सदस्यले एक मिनेट उठेर मौनधारण गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक वैशाख १४ गते आइतबार बस्ने तय भएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट