Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल : प्रचण्ड


काठमाडौं, १३ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रवादी सफल भएको बताएका हुन् । उनले आउने दिनमा पनि वितण्डा मच्चिन सक्ने भएकाले प्रतिगामीहरूलाई खबरदारी गर्ने जिम्मेवारी सबैको भएको उल्लेख गरे ।

प्रचण्डले अहिलेको सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाको सरकार भएको बताए । विद्यालयका लाखौँ शिक्षकहरू निरन्तर आन्दोलनमा रहँदा पनि सरकारको नेतृत्व गैरजिम्मेवार ढंगले प्रस्तुत भएको उनले बताए ।

शिक्षकहरुलाई किन आन्दोलन नगरेको भनेर उस्काउने व्यक्ति अहिले प्रधानमन्त्रीको कुर्सीमा रहेको भन्दै प्रचण्डले प्रधानमन्त्रीले नै शिक्षकहरुलाई अपमानित गर्ने काम गरेको आरोप लगाए । उनले आफू प्रधानमन्त्री हुँदा शिक्षक, सहकारी र लघुवित्त पीडितहरूको जायज माग सम्बोधन गर्ने पहल गरेको दाबी गरे ।

अध्यक्ष प्रचण्डले यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने जिकिर गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट