संघीय संसदको बैठकअघि कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
संघीय संसदको संयुक्त बैठकअघि नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा सरकारले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया