भाजपा नेता चौथाइवाले राजनीतिक भेटघाटमा व्यस्त

काठमाडौं, १९ वैशख । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छन् । बिहान सवा ८ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेका उनले झण्डै ४५ मीनेट कुराकानी गरेको बताइन्छ ।
भेटमा दुई मुलुकबीच आपसी हितका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । अस्ति बिहान काठमाडौं आएका चौथाइवालेले सोही दिन दिउँसो गृहमन्त्री रमेश लेखक, राति नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका थिए ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेट गरेका उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया