Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

प्रचण्ड घाइते भएको स्थानबारे ढाँट्यो सचिवालयले ; उनी खुमलटारमा होइन, लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेका थिए


काठमाडौं, २४ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले लडेर घाइते भएको स्थानबारे बारे उनको सचिवालयले ढाँटेको छ ।

उनका स्वकीय सचिव गोविन्द आचार्यले प्रचण्ड खुमलटास्थित आफ्नै निवासको शौचालयमा चिप्लिएर लडेको भनेतापनि प्रचण्ड ललितपुरको लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको थाहा भएको छ।

उनीनिकट स्रोतका अनुसार उनी लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टको बाथरुममा चिप्लिएर लडेका थिए। उलनले रक्सी सेवन गरे/नगरेको भने थाहा हुन सकेको छैन ।

दाहाल आफ्ना छोरीज्वाइँ र नजिकका आफन्तहरूकासाथ मंगलबार साँझ रात बिताउने गरी लाँकुरी भञ्ज्याङमा रहेको उक्त महंगो रिसोर्टमा पुगेका थिए।

राति बाथरुममा लडेका दाहाललाई तत्काल मेडिसिटी अस्पताल ल्याइएको र निधारमा तीनवटा टाँका लगाइएको थियो। उपचारपछि उनी बिहान करिब ४ बजे अस्पतालबाट डिस्चार्च भएका थिए।

उनकी छोरी गंगा दाहालले भने स्पष्ट उल्लेख नगरी सामाजिक सञ्जालमा अध्यक्ष दाहाल बाथरुममा लडेको लेखेकी थिइन्। उनले लेखेकी थिइन्, ‘एराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद !’


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट