Techie IT
Samayabaddha
शुक्रबार, २६ वैशाख, २०८२

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख ३१ गतेका लागि आह्वान


रुपन्देही, २६ वैशाख । लुम्बिनी प्रदेशसभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गरेका हुन् ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन् ।

पहिलो बैठकमा बैठक आह्वानसम्बन्धी सूचनाको जानकारी, समसामयिक विषयमा छलफल र शुभकामना अदानप्रदान हुने प्रदेशसभाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले वैशाख ४ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम वैशाख ३१ गते बुधबार दिनको १ बजे बस्ने गरी आह्वान भएको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश खबर, राजनीति

प्रतिक्रिया


ताजा अपडेट