Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङले दिइन् पदबाट राजीनामा


काठमाडौं, ३० वैशाख । जनमत पार्टीकी प्रदेश सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले मंगलबार लुम्बिनी प्रदेशका सभामुखलाई राजीनामा पत्र पठाएकी हुन् ।

गुरुङले जनताले तिरेको करबाट पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै पदबाट राजीनामा दिएको उल्लेख गरेकी छन् ।

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’


क्याटेगोरी : प्रदेश खबर, राजनीति

प्रतिक्रिया


ताजा अपडेट