Techie IT
Samayabaddha
मंगलबार, ३० वैशाख, २०८२

बजेट वितरण गर्दा काखापाखा नगर्न अर्थमन्त्री विष्णु पौडेललाई सांसद चित्रबहादुर केसीको आग्रह


काठमाडौं, ३० वैशाख । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बजेट वितरण गर्दा काखापाखा नगर्न अर्थमन्त्री विष्णु पौडेललाई आग्रह गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलका क्रममा उनले सबै क्षेत्रमा बजेट सन्तुलित आउनुपर्ने बताए ।

उनले निर्वाचन क्षेत्रका जनताले बजेट पार्न बारम्बार गुनासो गरिरहेको बताए । उनले अघिल्ला वर्षमा मन्त्री भेट्दा नियमसंगत गर्ने भनेर ढुक्क पार्ने गरेको तर व्यवहारमा त्यस्तो नभएको बताए ।

“बजेट वितरण गर्दा काखा र पाखा गर्न मिल्दैन, कसैलाई काखा पारेर पनि तपाईंहरूले जस पाउनुहुन्न । आज सत्तामा बस्दा गरेको भेदभाव उसले कुरा काटिरहन्छ । त्यसकारण सत्तामा भएका बेलामा निर्भीक भएर निष्पक्षताका साथ सबै क्षेत्र सबै ठाउँलाई सन्तुलित बजेट बाँड्नुपर्छ,” उनले भने ।

उनले विगतमा जस्तो भेदभाव नगर्न आग्रह गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट