कांग्रेस संसदीय दलको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया