Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको मन्त्री नियुक्त


काठमाडौं, ४ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ । ध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा चौधरीको नाम सिफारिस गरेको थियो ।

प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । अध्यक्ष श्रेष्ठले भने प्रदेश संसदीय दललाई लिखित पत्र पठाउँदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कैलाश चौधरीलाई पठाउन निर्देशन दिएकी थिइन् ।

उक्त निर्देशन विपरीत संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।


क्याटेगोरी : प्रदेश खबर, राजनीति

प्रतिक्रिया


ताजा अपडेट