Techie IT
Samayabaddha
सोमबार, ५ जेठ, २०८२

गणतन्त्र दिवस मूल समारोह समिति गठन, महानगर प्रमुख बालेन साह गएनन् बैठकमा !


काठमाडौँ। सरकारले गणतन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहने छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकमा गृह मन्त्रालयबाट समिति गठनको प्रस्ताव गरिएको थियो । प्रस्तावपछि वैठकले छलफलसहित पारित भएको हो ।

सो बैठकमा काठमाडौंका मेयर बालेल साहको प्रधानमन्त्री केपी शर्मा ओलीले चासोपूर्वक खोजी गरे । काठमाडौंका प्रमुख बालेन साहको उपस्थिति अनिवार्यजस्तै थियो । तर उनी अनुपस्थिति रहे । वैठकमा काठमाडौं महानगरको तर्फबाट उपमेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो । बालेन साहको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तिक्ततापूर्ण सम्बन्धका कारण प्रधानमन्त्री उपस्थित हुने हरेक कार्यक्रम उनले बहिष्कार गर्दे आएका छन् ।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र सङ्घ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ ।

यस्तै विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट