Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने


काठमाडौं, ५ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन्।

चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते चीन भ्रमणमा जान लागेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा (एमाले) का केही नेताहरू पनि रहनेछन्। भ्रमणको कार्यतालिका नबनिसकेकोले को–को नेता सहभागी हुने निश्चित भइसकेको छैन।

एमालेका एक नेताले दिएको जानकारीअनुसार पूर्वराष्ट्रपति भण्डारी र केही नेताहरू जेठ १० गते चीनको बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम भने तय भएको छ।

पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहनेछिन्। त्यसक्रममा उनले केही राजनीतिक भेटघाटसमेत गर्ने ती नेताको भनाइ छ।

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले देशभित्र पनि विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै सक्रियता बढाएकी छन्। कतिपयले उनी सक्रिय राजनीतिमा फर्कने रूपमा पनि यो सक्रियतालाई बुझेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट