मन्त्रिपरिषद् बैठक स्थगित, ओली भेट्न देउवा गएनन्

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय स्रोतले बतायो।
आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो । मन्त्रिपरिषद् बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबिच छलफल हुने बताएपनि प्रधानमन्त्री भेट्न देउवा वालुवाटार गएनन् ।
कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा. विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोत बताउँछ । तर, हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन ।
समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया