आज गभर्नर नियुक्तिको सम्भावना टर्यो , अंगराज तिमिल्सिनाको नाम चर्चामा

काठमाडौं । आज साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ।
बैठकले अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति निर्णय गर्ने अनुमान गरिएको थियो। पौडेलको नाममा सत्तारुढ कांग्रेस र एमालेबीच सहमति भैसकेको भनिए पनि दुई पार्टीहरु गभर्नर लगायतका अन्य नियुक्तिहरुको भागवण्डामा कुरा मिलिनसकेकोले वैठक सारिएको अनुमान गरिएको छ ।
प्रधानमन्त्री निकट स्रोतले आजै कांग्रेस र एमालेबीच छलफल हुन लागेको बताइएपनि देउवा ओलीलाई भेट्नै गएनन । छलफलको निष्कर्षको आधारमा मन्त्रीपरिषद् वैठक बसेर गभर्नर नियुक्ति लगायतका विषयमा निर्णय हुने स्रोतले बतायो ।
डा. विश्व पौडेलको नाममा पनि सार्वजनिकरुपमा विवाद सृजना भएपछि पछिल्लो समय कांग्रेसवृतबाट डा. अंगराज तिमिल्सिनाको नाम गभर्नरकोरुपमा अगाडि सारिएको छ । सुदूरपश्चिमका तिमिल्सिना हाल संयुक्त राष्ट्संघ अन्तरगतका परियोजनाहरुमा लामोसमयदेखि कार्यरत छन् ।
कांग्रेसले सिफारिस गरेको व्यक्तिलाई नेपाल राष्ट्रबैंकको गभर्नर बनाउने चाह प्रधानमन्त्री केपी शर्मा ओलीले नदेखाएपछि सत्ता गठबन्धनमा उथलपुथलको सम्भावना बढेको छ ।
एकाएक विकसित घटनाक्रमले सत्ता गठबन्धनमा संकटको बादल मडारिएको प्रष्ट देखिन्छ ।
देउवाले ओलीले कांग्रेसलाई मूसो खेलाए झै खेलाएको र गठबन्धन सरकार भए पनि एकल निर्णयका आधारमा चल्न खोजेको भन्दै सहकार्य भंग गर्नेसम्मको मनस्थिति बनाएका उच्च स्रोतको दाबी छ ।
क्याटेगोरी : अर्थ, राजनीति
प्रतिक्रिया