प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम नहुने

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार (आज) बस्ने प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्री बैठकमा उपस्थित नहुने नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
“प्रधानमन्त्रीज्यूको स्वास्थ्यका कारण आज प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने जानकारी गराउनुभएको छ । आज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर अर्को दिन हुनेछ,” बर्तौलाले भने ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।
क्याटेगोरी : राजनीति, स्वास्थ्य
प्रतिक्रिया