Techie IT
Samayabaddha
आईतबार, ११ जेठ, २०८२

एमाले सचिवालय बैठक बस्दै, कारवाहीमा परेका नेतृहरु पाण्डे र तिमल्सेनाको कारवाही फुकुवा हुने संभावना


काठमाडौं । नेकपा एमालेले देशको पछिल्लो घटनाक्रम बारे छलफल गर्न आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका कर्मचारीहरुले भिजिट भिजामा दैनिक लाखौं रकम असुलेको भन्दै अख्तियारले छानविन थालेको छ । छानविनमा गृह मन्त्रीका सचिवलय सदस्य पनि तानिएपछि राजनीतिक बजारमा तरङ्ग उत्पन्न भएको छ ।

एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ । बैठकमा यो पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।

आज बस्ने सचिवालय वैठकले यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवा समेत हुन सक्ने जनाइएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट