Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

नेसपाका नेता गंगानारायण श्रेष्ठ माओवादीमा समायोजित


काठमाडौं । नेसपाका नेता गंगानारायण श्रेष्ठ आज पुरानै घर माओवादीमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत् नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् । गंगा नारायण श्रेष्ठ १० वर्षपछि २०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै माओवादीबाट अलग भएका थिए ।

नेकपा माओवादी केन्द्रले अहिले समायोजनमा आएका गंगा नारायण श्रेष्ठलाई पार्टीको केन्द्रीय सचिव बनाएको छ । उनी माओवादीमा हुँदा पार्टीको पोलिटव्युरो सदस्य रहेका थिए ।

ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

माओवादी र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो ।

तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रमा फर्किएका हुन् ।

उनले नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।

उता महेन्द्र राय यादवले भने गंगा नारायणलाई माओवादीमा प्रवेश गरेको आरोप लगाएका छन् ।

पार्टी समायोजन कार्यक्रममा बोल्दै गंगानारायाण श्रेष्ठले माओवादी आन्दोलनलाई चौबाटोमा छोडेर नभाग्न डा.बाबुराम भट्टराईलाई अपिल गरेका छन् ।

उनले भट्टराईलाई लक्षित गर्दै भने ‘तपाईं जुनसुकै वादी भन्नोस् । तपाईंको पहिचान १० औँ हजारको रगत र बलिदानले बनेको हो । म गम्भीरतापूर्वक अपिल गर्न चाहन्छु ।”


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट