Techie IT
Samayabaddha
सोमबार, १६ असार, २०८२

इरानी परमाणु कार्यक्रम नष्ट नभएको खुफिया दाबीप्रति ट्रम्प आक्रोशित


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा सप्ताहान्तमा अमेरिकाले गरेको विशाल बमबारीको असरबारे चुहाइएको खुफिया विश्लेषणका विवरणप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले गरेको पोस्टको मुख्य निसाना अमेरिकी सञ्चारमाध्यम र तिनको रिपोर्टिङ् रहेको छ।

ठूला अक्षरमा पोस्ट गर्दै उनले खासगरी सीएनएन र न्यूयोर्क टाइम्सको नामै किटेर ुइतिहासकै सबभन्दा सफलमध्येको सैन्य कारबाहीलाई होच्याउने उद्देश्यले तिनले साँठगाँठ गरेकोु उल्लेख गरे।

उनले इरानको परमाणु केन्द्रहरू पूरै नष्ट भएको भन्दै जनताले सीएनएन र न्यूयोर्क टाइम्सको कडा आलोचना गरिरहेको बताए।
तस्बिर स्रोत,न्भ्त्त्थ् क्ष्ःब्न्भ्क्
यसअघि ह्वाइट हाउसले पनि इरानी परमाणु क्षमता नष्ट नभएको भन्ने चुहाइएको खुफिया विवरण ुसरासर गलतु भन्दै त्यस्ता विवरण ुराष्ट्रपति ट्रम्पलाई होच्याउने स्पष्ट नियतका साथु आएको टिप्पणी गरेको छ।

रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमको मूल तत्त्व नष्ट नभएको र ती कार्यक्रमलाई केही महिनाले मात्रै पछि धकेलिदिएको भनेर अमेरिकी सञ्चारमाध्यमहरूमा चुहाइएका खुफिया विवरणलाई खारेज गरिदिएको छ।

अमेरिकी डिफेन्स इन्टलिजन्स एजेन्सीको प्रारम्भिक विश्लेषणलाई उद्धृत गर्दै कैयन् सञ्चारमाध्यमले त्यस्तो विवरण सार्वजनिक गरेका थिए।

पेन्टागनको विज्ञप्तिमा परमाणु अस्त्र बनाउने इरानको क्षमता सम्पूर्ण ध्वस्त भएको जनाइएको छ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा इजरेली राजदूत ड्यानी ड्याननले ती आक्रमणको प्रभावबारे आकलन गर्न हतारो हुने भन्दै तत्कालको खतरा भने टरेको बताएका थिए।

किन छ अन्योल ?

अमेरिकी आक्रमणबारे पेन्टागनको प्रारम्भिक खुफिया विश्लेषणअनुसार त्यसले इरानको परमाणु कार्यक्रम पूरै नष्ट नभएको बरु सम्भवतस् केवल केही महिनाले पछि धकेलिएको छ।

डिफेन्स इन्टलिजेन्स एजेन्सीको विश्लेषणबारे जानकार सूत्रहरूले बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीएसलाई बताएअनुसार बमबारीमा इरानको इन्रिच्ड युरेनिअमको भण्डार पूरै नष्ट भएको छैन।

इरानको परमाणु प्रशोधन केन्द्रको गहिराइसम्म पुगेर अमेरिकी बमबारीले त्यसलाई पूरै ध्वस्त पारेको कुनै ठोस प्रमाणको अभावमा इरानको परमाणु कार्यक्रमको भविष्यबारे अन्योल सिर्जना भएको थियो।

अमेरिकाले १८ मिटर गहिराइसम्म कङ्क्रिट अनि ६१ मिटर गहिराइसम्म जमिन छेड्न सक्ने बङ्कर बस्टर भनिएका शक्तिशाली बमले इरानका तीनवटा परमाणु केन्द्र ( फोर्दो, नतान्ज र इस्फाहान (मा प्रहार गरेको थियो।

तर पेन्टागनको खुफिया विश्लेषणसँग जानकार सूत्रहरूले ती स्थलमा रहेका इरानका सेन्ट्रिफ्युजहरू ुजस्ताको तस्तैु रहेको अनि क्षति केवल जमिनमाथिका संरचनामा सीमित भएको बताए।

दुई भूमिगत परमाणु केन्द्र पस्ने ठाउँ बन्द भएको अनि केही संरचना ध्वस्त वा क्षतिग्रस्त भएको तर धेरै मुनि रहेका संरचना ज्यूँका त्यूँ रहेको उक्त विश्लेषणमा उल्लिखित बताइन्छ।

अज्ञात सूत्रहरूले अमेरिकी सञ्चारमाध्यमहरूलाई उक्त आक्रमणले इरानलाई ुबढीमा केही महिनामात्रु पछि धकेलिदिएको बताएका छन्। इरान कति चाँडो फेरि मर्मतसम्भार गर्न सक्षम हुन्छ भन्नेमा उसको परमाणु कार्यक्रम फेरि सुरु कहिले हुन्छ भन्ने जबाफ मिल्ने उनीहरूले बताए।

सूत्रहरूले सीबीएससँग इरानले केही इन्रिच्ड युरेनिअमलाई आक्रमण पूर्व नै अन्यत्र सारिएको पनि पुष्टि गरे।
अमेरिकी मासिभ अर्डन्यान्स पेनिट्रेटर नामक ३० हजार पाउन्ड क्षमताको बमले मात्र इरानको भूमिगत परमाणु केन्द्र नष्ट पार्न सक्ने भनिएको थियो। स्रोत बीबीसी


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति

प्रतिक्रिया


ताजा अपडेट