काठमाडौं उपत्यकाभित्र नदी किनार क्षेत्रमा सुरक्षा चुनौती

काठमाडौं । काठमाडौंको ग्राण्डी हस्पिटल नजिक विष्णुमती नदीमा गए राति दश बजे कारसहित बगाएकी एक युवतीको नेपाल प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।
भावना ओली (दाङ, तुलसीपुर निवासी) लाई सुरक्षा निकाय र स्थानीयहरूको सक्रियतामा उद्धार गरिएको हो। उनलाई उद्दार पछि ग्रिनसिटी अस्पताल लगिएको थियो ।
रातको करिब १० बजेको समयमा टोखा–६ स्थित ग्रान्डी अस्पताल नजिक उनको कार अनियन्त्रित भई नदीमा खसेको थियो। सो गाडीका चालक अंकुश सिंह गाडी नदीमा खसेपछि गाडीबाट बाहिरिएर पौडेर निस्केका थिए । उनी बाहिर आउनासाथ उनले स्थानीय र प्रहरीलाई खबर गरेको बताइएको छ । यद्यपि घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू सक्रिय भई उद्धार कार्यमा जुटे । कार करिब एक किलोमिटर तल बानियाटार पुल नजिक अड्किएको अवस्थामा फेला पारिएको थियो । उद्दार टोलीको केही समयको प्रयासपछि भावना ओलीलाई बगेको अवस्थाबाट सुरक्षितरूपमा निकाल्न उद्दार टोली सफल भएको छ ।
यस घटनाले पुनः एकपटक काठमाडौं उपत्यकामा सवारी साधन र नदी किनार क्षेत्रमा सुरक्षाको चुनौती उजागर गराएको छ।
घटनाले नागरिक सचेतना र आपतकालीन उद्धार संयन्त्रको महत्व र प्रभावकारितालाई उजागर गरेको छ । यस घटनामा स्थानीय र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासले ठूलो दुर्घटना टर्न सकेको देखिएको छ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया