Techie IT
Samayabaddha
शनिबार, २९ कात्तिक, २०८२

बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनले जित्यो दुईतिहाइ सिट


काठमाडौं । बिहार विधानसभा चुनावमा जनता दल युनाइटेड (जेडीयू) नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स ९एनडीए० गठबन्धनले दुईतिहाइ सिट जितेको छ ।

विधानसभाका ५३ सिटको नतिजा आउन बाँकी रहँदा भारतीय जनता पार्टी ९भाजपा० पनि सहभागी एनडीए गठबन्धनले १६२ सिटमा जित हासिल गरेको भारतीय समाचार संस्था आजतकले जनाएको छ । २४३ सदस्यीय विधानसभामा १६२ सिट दुईतिहाइ हो ।

यस्तै, राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको गठबन्धनले २३ सिटमा जित हासिल गरेको छ । उक्त गठबन्धनमा कंग्रेस आई पनि सहभागी छ । अन्य दलले ५ सिट जितेका छन् ।

मतगणनाको नतिजा आउन बाँकी ५३ सिटमध्ये एनडीए गठबन्धनले ४०, आरजेडीले १२ र अन्यले १ स्थानमा अग्रता बनाएका छन् ।

चुनावमा जित हासिल गरेपछि भाजपा समर्थकले विजयी जुलुस निकालेका छन् ।

विधानसभा चुनावअन्तर्गत दुई चरणमा मतदान भएको थियो । जसअन्तर्गत पहिलो चरणको मतदान नोभेम्बर ६ मा र दोस्रो चरणको मतदान नोभेम्बर ११ मा भएको थियो ।

सन् २०२० मा भएको चुनावमा एनडीए गठबन्धनले १२५ स्थानमा जितेको थियो । यस्तै, आरजेडी गठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए । एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति

प्रतिक्रिया


ताजा अपडेट