Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

रास्वपा र विवेकशील साझाबीच एकता, के छ सहमतिपत्रमा ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो।

एकीकरणसम्बन्धी सहमतिपत्रमा रास्वपाबाट कार्यबहाक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले तथा विवेकशील साझाबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्।

दुई पार्टीबीच रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार गर्ने र स्व. उज्वल थापा तथा विवेकशील अभियानको योगदानलाई आधिकारिकरूपमा दस्तावेजीकरण गर्दै मान्यता प्रदान गर्ने सहमति भएको छ।

यस्तै, विवेकशील साझा पार्टीबाट आएका नेताहरूलाई आपसी समझदारीका आधारमा मनोनयन गरिने र उनीहरूको वरियतालाई केन्द्रीय समिति सदस्यसरह मान्यता दिइने पनि सहमति भएको छ।

एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, पहिलेजस्तै निलो पृष्ठभूमिमा सेतो गोलो र बीचमा निलो घण्टी रहेको झण्डा कायम, र चुनाव चिन्ह ‘घण्टी’ रहने सहमतिपत्रमा उल्लेख छ।

तर विवेक साझाका पूर्व अध्यक्ष मिलन पाण्डे, विवेक साझाका नेता तथा बागमती प्रदेशसभाका पूर्व सचेतक रमेश पौडेल भने सो एकतामा आफूहरुको सहमती नरहेको भन्दै आफूहरु अलग भएको घोषणा गरेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट