विधान संशोधनको प्रस्ताव ल्याइए प्रतिवाद गर्ने ईश्वर पोखरेल समूहको तयारी
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव ल्याए प्रतिवाद गर्ने तयारी गरेको छ । पोखरेलले यसपालि अध्यक्ष पदको उमेदवार बन्ने घोषणा गरिसकेका छन् ।
पार्टीको ११औँ महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा आज (मंसिर २८) देखि बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रअघि आकस्मिक रूपमा केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । बैठकमा विधान संशोधन प्रस्तावको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।
संस्थपनइतरका नेताले भने उक्त प्रस्ताव ल्याइने प्रतिवाद गरिने बताएका छन् । “सचिवालय बैठकले विधान संशोधन नगर्ने निर्णय गरेको छ,” एक नेताले भने, “आज प्रस्ताव आए विरोध गर्छौं ।”
बैठकबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी बनाउने गरी विधान संशोधनको विषयमा निर्णय हुन सक्ने संस्थापननिकट स्रोतको भनाइ छ । महाधिवेशन सुरु हुनुअघि बसेको सचिवालय बैठकबाट विधान संशोधन नगर्ने निर्णय गरिएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली भृकुटीमण्डप पुगेका छन् । अब केन्द्रीय कमिटी बैठक सुरु हुने नेताहरूले बताएका छन् ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया