एमालेमा कसले मार्ला बाजी ओली कि पोखरेल ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ अध्यक्षका प्रत्याशी ओली र पोखरेलले मत हालेर मतदान प्रक्रिया सुरु गरेका हुन् । काठमाडौंमा ह्वात्तै चिसो बढिरहदा नेकपा (एमाले)को एघारौं महाधिवेशनले भने राजनीति बजार निकै तताएको छ ।
बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए । मतदानको लागि ८० वटा विधुतिय मेसिन राखिएको छ ।
जेनजी आन्दोलनको प्रभावका कारणले झण्डै एकवर्ष अगाडि सारिएको यो महाअधिवेशनमा हालका अध्यक्ष केपी शर्मा ओली तेहेरिने गरी मैदानमा ओर्लिएका छन् भने उनलाई वरिष्ठ नेता ईश्वर पोखरेलले चुनौती दिएका छन् ।
हिजो (मंगलबार) मतदान हुने भनिएपनि प्राविधिक कारण देखाएर मतदान हुन सकेन । आज बुधबार विहान मतदान शुरु भएको छ । २२ सयभन्दा बढी प्रतिनिधिहरूबीचको मतदानले अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र नौ सचिवसहित तीनसय एक केन्द्रीय सदस्यबारे फैसला गर्नेछ । ओली र पोखरेल आ–आफ्नो घोषित–अघोषित प्यानलसहित खडा भएका छन् ।
नवौं महाधिवेशनमा अध्यक्ष जितेलगत्तै कुनै पनि कक्षा दोहो¥याएर नपढ्ने उद्घोष गरेका ओली परिस्थितिको चुनौती भन्दै दशौं महाधिवेशनमा दोहोरिएका थिए । खासमा नवौं महाधिवेशनमै अर्काेपटक ईश्वरलाई अध्यक्ष बनाउने सहमति भएको पूर्वराष्ट्रपति विद्या भण्डारीले हालै खुलासा गरेकी छन् । तर गत भदौमा सम्पन्न विधान अधिवेशनबाट आफु नेतृत्वमा आउन अनुकूल हुने गरी अध्यक्षमा दुई कार्यकाल र ७० वर्षीय उमेरहदको सीमालाई हटाउँदै ओली अहिले तेस्रो कार्यकालका लागि अगाडि सरेका हुन् ।
विधान महाधिवेशनदेखि एघारौं महाधिवेशनसम्मको यो तीनमहिनामै आइतबारको बन्दसत्र अघिको अन्तिम केन्द्रीय कमिटी बैठकबाट फेरि विधान संशोधन प्रस्ताव गरि १५ पदाधिकारी संख्यालाई १९ बनाईएको छ । आफ्नो समुहमा पदाधिकारीहरूको आकांक्षी बढी भएपछि तिनलाई व्यवस्थापन गर्न ओलीको प्रस्तावमा बहुमतबाट विधान संशोधन गरिएको हो ।
विधान संशोधनविरुद्ध भदौको विधान अधिवेशन र आइतबारको केन्द्रीय कमिटी बैठकमा पनि ईश्वर पोखरेल पक्षले चर्काे आवाज उठाएको थियो । तीन महिनाबीचमै विधान संशोधन गरिएपछि एमाले विधान अधिवेशनको औचित्यमै प्रश्न खडा भएको छ । खास नेता (ओली) र उनको समूहको हितका लागि मात्रै बारम्बार विधानलाई गिजोल्नु, एमालेको आन्तरिक जीवनमा मात्र होइन, लोकतान्त्रिक प्रणालीमै पनि लज्जाको विषय भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार, सवै महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न बढीमा ६ घण्टा लाग्नेछ। एक जनालाई मतदान गर्न ३० देखि ३५ मिनेट लाग्ने बताइएको छ । यस हिसावले हेर्दा मतदानका लागि मात्रै कम्तीमा दश घण्टा लाग्न सक्ने देखिएको छ ।
मतदान सकेपछि परिणामका लागि भने चार घण्टा जति लाग्ने बताइएको छ । एमालेले यो मतदान प्रक्रियाबाट १९ पदाधिकारी सहितको ३०१ जनाको केन्द्रीय समिति चयन गर्नेछ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया