के भयो कुरा प्रचण्ड–ओली भेटमा ?
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली बीच आज च्यासलमा भेटवार्ता भएको छ । प्रचण्ड आज दिल्ली जानुअघि दुई नेताबीच आधा घण्टा भेट भएको प्रचण्ड निकट स्रोतले बताएको छ ।
ललितपुरको च्यासलस्थित एक जना वाम समर्थकको घरमा दुई नेताले ुवान टु वानु भेटवार्ता गरेका हुन् । केहीबेरअघि सम्पन्न भेटमा समसामयिक राजनीति, राष्ट्रिय सभा निर्वाचन र फागुन २१ को चुनावबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा तालमेल गर्नेबारे छलफल केन्द्रित रहेको तर निष्कर्ष भने ननिस्किएको बताइएको छ । काँग्रेसभित्रको किचलोले चुनावी गठवन्धनको सम्भावना कमजोर भएपछि ओलीको चाहनामा यो भेट तय भएको स्रोतको दावी छ ।
यता,नयाँ दिल््लीमा आयोजना हुने पार्टीको एकता सन्देश सभामा सहभागी हुन प्रचण्ड आज साँझ भारत जाने कार्यक्रम छ ।
२०८१ असारमा ओलीले माओवादीसँगको गठवन्धन तोडेर नेपाली काँग्रेसतिर लागेपछि एक अर्काको मुखै नहेर्ने तहमा पुगेका दुई नेताबीच भएको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया