Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

नुवाकोट–२ मा रास्वपाका लामिछानेको अग्रता कायमै


काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ ।

रास्वपाका अच्युतम लामिछानेले बेलकोटगढी नगरपालिका वडा नं १, २ र ३ को ४ को मतगणना गर्दा २ हजार २ मत प्राप्त गरेका छन् ।

दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार जगदिश्वर नरसिंह केसीले १ हजार २९२ मत प्राप्त गरेका छन् । तेस्रोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हिरानाथ खतिवडाले १ हजार १ सय २३ मत प्राप्त गरेका छन् ।

चौथोमा नेकपा एमालेका केशव पाण्डेले ७ सय ८९ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट