भदौ २३ र २४ गतेको रंगक्रान्ति रास्वपाको अघोषित नेतृत्वमा भएको एमालेको आरोप
काठमाडौं । एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ गतेको रंगक्रान्ति रास्वपाको अघोषित नेतृत्वमा भएको आरोप लगाएका छन् । उनले रास्वपाको यो अभूतपूर्व विजयमा नेपाली सेना, व्यरोक्रेसी, सुशीला कार्कीको सरकार, कार्की आयोग र बारबारा फाउण्डेशन रहेको रहेको दाबी गरेका छन् ।
आज प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले अवैधानिक ढंगले रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक भएको दाबी गरेका हुन्।
बादलले जेनजी आन्दोलनको घटनामा रास्वपाकै संलग्नता रहेको आरोप लगाए। उनले फागुन २१ गते आम निर्वाचनमार्फत रास्वपाको नीलो क्रान्तिलाई वैधानिकता प्रदान गरिएको बताए।
उनले चैत्र १३ गते धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र शाहलाई सपथ ग्रहण गराइएको बताए। उनले भने, ुऐतिहासिक विजयका लागि रास्वपाका प्रधानमन्त्री बालेन्द्र शाहलाई एमालेको तर्फबाट बधाई भन्न चाहन्छु।ु
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया