Techie IT
Samayabaddha
आईतबार, १० साउन, २०८३

टी २० विश्वकपमा आज दुई खेल, एक टोली बाहिरिने


काठमाडौं । आइसिसी टी २० विश्वकपमा बिहीबार दुई खेल हुँदैछन्। सुपर ८ को समूह ए का दुई खेल आज हुन लागेको हुन्। पहिलो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अपराह्न सवा ३ बजे वेस्ट इण्डिज र दक्षिण अफ्रिका भिड्नेछन्।

यी दुवै टोलीले पहिलो खेलमा फराकिलो जित निकालेका थिए। वेस्ट इण्डिजले जिम्बाब्वेलाई १०७ रनले हराएको थियो। दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले पराजित गरेको थियो। यी दुई टोलीको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन भने पराजित हुने टिमको सम्भावना पनि जीवितै रहनेछ।

पहिलो खेलमा पराजित भएका भारत र जिम्बाब्वे साँझ सवा ७ बजे चेन्नाईको एमए चिदम्बरम स्टेडियममा भिड्दैछन्। यो खेलमा पराजित हुने टोली बाहिरिनेछ। विजेताको भने सेमिफाइनल सम्भावना जीवित रहनेछ। समूह बीबाट श्रीलंका बाहिरिसकेको छ।


क्याटेगोरी : खेलकुद


प्रतिक्रिया


ताजा अपडेट