Techie IT
Samayabaddha
आईतबार, २४ फागुन, २०८२

टी–२० विश्वकपको उपाधिका लागि आज भारत र न्यु जिल्यान्ड भिड्दै


काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को उपाधिका लागि आज साबिक विजेता भारत र न्यु जिल्यान्ड भिड्दै छन्। साँझ सवा ७ बजे घरेलु मैदानमा हुने विश्वकपको फाइनलमा भारतिय क्रिकेट टोली नयाँ इतिहास लेख्न चाहन्छ।

आइतबार हुने फाइनलमा भारतले न्यु जिल्यान्डलाई पराजित गरे तीन पटक बिश्वकप जित्ने पहिलो टोली बन्नेछ। भारतले घरेलु मैदानमा जित निकाले आईसीसी पुरुष टी–२० विश्वकप जित्ने पहिलो आयोजक राष्ट्र, उपाधि रक्षा गर्ने पहिलो टोली समेत बन्ने छ ।

दशौँ संस्करणसम्म आइपुग्दा भारत, इंग्ल्यान्ड र पेष्ट इण्डिज गरि तिन टोलीले मात्र समान २ पटक विश्वकपको उपाधि जितेका छन्। ति मध्य कुनै टोलीले पनि उपाधि रक्षा गर्न भने सकेका छैनन्। भारतले यसअघि सन् २००७ र २०२४ को विश्वकपको उपाधि उचालेको थियो।

इंग्ल्यान्डले सन् २०१० र २०२२ तथा वेष्ट इण्डिजले स् २०१२ र २०१६ को विश्वकप जितेका थिए। पाकिस्तानले सन् २००९, श्रीलंकाले सन् २०१४, अष्टे«लियाले सन् २०२१ मा विश्वकपको उपाधि उचालेका थिए। चौथो पटक फाइनल खेल्न लागेको भारतिय टोली २०१४ मा उपविजेता बनेको ।

बिहिबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले न्यु जिल्यान्डसँगको भेट पक्का गरेको थियो । न्यु जिल्यान्डले भने बुधबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

दोस्रो पटक उपाधि नजिक पुगेको न्यु जिल्यान्ड भारतलाई पराजितगर्दै पहिलो पटक उपाधि जित्ने पक्षमा रहेको छ । भारतलाई घरेलु मैदानमा नै स्तब्ध पार्दै पहिलो विश्वकप उपाधि उचाल्ने योजनामा छ, न्यु जिल्यान्ड । यसअघि सन् २०२१ को विश्वकपमा पहिलो पटक विश्वकपको फाइनलमा पुगेको न्यु जिल्यान्ड अष्टे«लियासँग स्तव्ध हुँदै उपविजेतामा सिमित भएको थियो।

त्यसअघि २००७, २०१६ र २०२२ मा भने न्यु जिल्यान्ड सेमिफाइनलबाटै बाहिरिएको थियो। यो पटक भने न्यु जिल्यान्डको टोली अघिल्ला खेलहरुमा भएको गल्तीलाई सुधार्दै उपाधिका लागि भारतविरुद्ध मैदान उत्रने रणनितिमा रहेको छ।


क्याटेगोरी : खेलकुद


प्रतिक्रिया


ताजा अपडेट