नेपालमा किन बढिरहेको छ बाँझोपनको समस्या ?

काठमाडौं । हालैका अध्ययनहरुले विश्वमा नै बाँझोपनको समस्या बढ्दै गएको देखाएको छ । नेपालमा बाँझोपनको अवस्था हालैका दिनहरुमा जटिल र गम्भीर ढंगले बढ्दै गएको छ । बाँझोपन (Infertility) भन्नाले विवाहित जोडीले नियमित रुपमा यौन सम्पर्क राख्दा एक वर्षसम्म पनि सन्तान प्राप्ति गर्न नसक्ने अवस्थालाई जनाइन्छ ।
हालैका दिनहरुमा नेपालमा बाँझोपनको दर १०–१५ प्रतिशतको आसपास रहेको अनुमान गरिन्छ । यसमध्ये करिब ४० प्रतिशत समस्या महिलाबाट, ३०–३५ प्रतिशत समस्या पुरुषबाट र बाँकी दुबैको कारणले हुने अध्ययनले देखाएको छ । ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बाँझोपन दर उच्च देखिएको छ, जुन जीवनशैली, प्रदूषण, खानपान र ढिला विवाहको कारणले समस्या देखिएको बताइन्छ ।
नेपालको स्वास्थ्य व्यवस्था अझै पनि प्रजनन स्वास्थ्यमा केन्द्रित नभएकाले बाँझोपनलाई स्वास्थ्य समस्या भन्दा बढी व्यक्तिगत भाग्यसँग जोडेर हेरिन्छ । धेरैले लाज, डर वा आर्थिक कारणले उपचार गर्दैनन् ।
आजका दिनहरुमा बाँझोपन केवल स्वास्थ्य सम्बन्धी समस्यामा मात्र जोडिएको छैन भन्ने कुरा अनुसन्धानकर्ताहरुले बताउँछन् । अहिले बाँझोपनलाई सामाजिक, मानसिक र आर्थिक समस्यासँग पनि गाँसेर हेरिन थालिएको छ ।
बाँझोपनका कारणहरू
१.महिला सम्बन्धि कारणहरु
- डिम्ब उत्पादनमा समस्या (Ovulation Disorder): प्रायः महिलाहरूमा नियमित महिनावारी नहुनु वा डिम्ब नबन्नु मुख्य कारण हो । यो समस्या ७४।४ प्रतिशत महिलाहरुमा यही समस्याका कारण गर्भ रहन सक्दैन
- फ्यालोपियन ट्युब अवरोध (Blocked Fallopian Tubes): कुनै संक्रमण वा अपरेशनको कारण ट्युब ब्लक भएमा गर्भ रहन सक्दैन । यो बाँझोपन देखिएका महिलाहरु मध्ये ३५ प्रतिशतमा देखिएको समस्या हो ।
- अण्डासयमा देखिएको समस्याः यो एक प्रकारको रोग हो । ३२ प्रतिशत महिलाहरुमा यो समस्याको कारण गर्भ रहन सक्दैन ।
२. पुरुषसम्बन्धी कारणहरूः
- कम शुक्राणु (Low Sperm Count): हालका युवामा शुक्राणुको संख्या र गुणस्तर घट्दै गएको पाइन्छ ।
- शुक्राणुको गतिशीलता कम हुनुस् सक्रिय र स्वस्थ शुक्राणु नभएमा गर्भधारण असम्भव हुन्छ ।
- हार्मोन गडबडीस् टेस्टोस्टेरोन जस्ता हर्मोनमा असन्तुलन हुँदा पनि समस्या आउन सक्छ।
३. दुवैको योगदान हुने कारणहरूः
- तनाव र जीवनशैलीस् अत्यधिक मानसिक तनाव, अनियमित खानपान, धूम्रपान, मद्यपान तथा व्यायामको कमी बाँझोपन बढाउने कारक हुन्।
- यौन संक्रमणहरूः लामो समयसम्म उपचार नगरेका यौन रोगहरू पनि गर्भधारणमा असर गर्छन् ।
४. सामाजिक र मानसिक कारणहरु
नेपाल जस्तो परम्परागत समाजमा सन्तान नभएकालाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक छ । विशेषगरी महिलामाथि अत्यधिक मानसिक दबाब र सामाजिक बहिष्कार हुने गर्छ । बच्चा नभएको कारण पुरुषमा नभई समाजले महिलाभित्र मात्र खोज्ने गर्छ ।
यसले महिलाहरुलाई समाज र घर परिवारले मानसिक तनाव दिने गर्छ । जसको असर दम्पती बीचको सम्बन्धमा पर्नसक्छ ।
पुरुषहरुले आफूहरुमा भएको कमजोरी पत्ता लगाए पनि त्यो समाजमा बाहिर ल्याउन सक्दैनन् र महिलाहरुतिर तेस्राउने गर्छन । पुरुषको त्यो प्रवृत्ति को पीडा पनि महिलाहरुले नै भोगिरहेको हाम्रो समाजमा यदाकदा देखा परेको हुन्छ ।
प्रविधिले आजभोलि बाँझोपनको समस्या हल गरेको त छ तर यसको उपचार महँगो हुने हुँदा मध्यम र निम्न वर्गका परिवारले आर्थिक अभावका कारण यसको उपचार गर्न सक्दैनन् । उनीहरुले आर्थिक अभावको असरले बाँझोपनको पीडा खेपिरहेका हुन्छन् ।
नेपालमा करिब २५ प्रतिशत जोडीहरू बाँझोपनको समस्याबाट प्रभावित भएको बताइएको छ । जुन विश्वको औसत दर भन्दा उच्च हो । यो जटिल समस्या प्रवासी श्रमिकसँग जोडिएको छ । आजको अवस्थामा नेपालका युवाहरु गल्फ मुलुकहरूमा काम गर्न जाने गर्छन् । उनीहरु त्यहाँबाट फर्किएपछि नेपाली पुरुषहरूमा बाँझोपनको समस्या बढ्दो देखिएको अध्ययनले देखाउँछ । उच्च तापक्रम, तनावपूर्ण जीवनशैली, धूम्रपान र मद्यपान जस्ता कारणहरूले शुक्राणुको गुणस्तरमा असर पु¥याएको बताइन्छ ।
बाँझोपनलाई कसरी हल गर्ने
आजका दिनमा बाँझोपनको समस्या समाधान गर्न सकिने भएको छ । जीवनशैलीमा सुधार गरेर सन्तुलित आहार, पर्याप्त व्यायाम, धूम्रपान र मद्यपान त्याग, पर्याप्त निद्रा तथा तनाव कम गर्न ध्यान दिएर यस समस्यालाई न्युनीकरण गर्न सकिन्छ । त्यस्तै समयमै जाँच र उपचार गर्नुपर्छ । १ वर्षसम्म गर्भ नरहेमा महिलाले डिम्बजनन परीक्षण, बच्चादानी परीक्षण, ट्युब जाँच आदि गर्नुपर्छ । पुरुषले पनि शुक्राणुको गुणस्तर परीक्षण गराउनु पर्छ । डिम्बजननको लागि औषधि, ट्युब खोल्ने सर्जरी वा एन्डोमेट्रियोसिसको उपचारबाट गर्भधारण सम्भव हुन सक्छ । समयमा नै ध्यान दिन सक्यो भने सन्तान प्राप्त गर्न सकिन्छ ।
यी उपायहरु अबलम्बन गर्दा पनि भएन भने सहायक प्रजनन प्रविधिबाट शुक्राणुलाई सिधै बच्चादानीमा राख्ने प्रक्रियाबाट पनि धेर जोडीले सन्तानको खुशी पाउन सक्छन् । तर यस्ता प्रविधिहरू महँगा हुने भए तापनि सम्भ्रान्त वर्गमा प्रयोग बढ्दै गएको छ । नेपालले यदि प्रजनन स्वास्थ्यलाई प्राथमिकता दिएर बाँझोपनसम्बन्धी सेवा र जनचेतनाको पहुँच विस्तार गर्न सक्यो भने धेरै दम्पतीले सन्तानको खुसी पाउन सक्नेछन् ।
क्याटेगोरी : बिचार, स्वास्थ्य
प्रतिक्रिया