Techie IT
Samayabaddha
शनिबार, १३ असार, २०८३

कपनबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ


काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ११ कपनबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।

सिन्धुपालचोक हेलम्बु गाउँपाकिला २ स्थायी वतन भई हाल कपन पैयुटार बस्ने वर्ष २३ को अर्जुन दर्नाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग, कपनबाट खटिएको प्रहरी टोलीले सुनारलाई नियन्त्रणमा लिइ निजको डेरा कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको अबस्थामा कटुवा पेस्तोल थान १ फेला परेको जनाएको छ।

उनीउपर काठमाडौं जिल्ला अदालतंबाट हातहतियार खरखजाना सम्बन्धी कसूरमा ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट