Techie IT
Samayabaddha
शनिबार, १९ वैशाख, २०८३

भोलि बिहानसम्म कांग्रेससँगको सहमति टुंगोमा पुग्छ : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (आइतबार) सम्ममा प्रमुख प्रतिपक्षी दलसँग सहमति हुने विश्वास व्यक्त गरेका छन्। शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिपक्षी दलसँग छलफल भइरहेको बताए।

प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान बालुवाटारमा बोलाएर कांग्रेस नेताहरूसँग छलफल गरेका थिए। सो छलफल सकारात्मक भएको कांग्रेसका नेताहरूले बताएका छन्।

कांग्रेससँगको छलफबारे अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग उनले छलफल गर्दैछन्।

सोही छलफलमा जान हतार भएको भन्दै पेरिसडाँडामा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हामी समीकरणमा भएका प्रमुख दल मुख्यतः नेकपा एमालेसँग छलफल छ। मलाई त्यहाँ जान ढिलो भइसकेको छ। मलाई विश्वास छ भोलि बिहानसम्म एउटा टुंगोमा पुर्याउन सकियोस् भनेर लागेको छु।’

उनले आगामी जेठ १५ गते ल्याउन लागेको बजेट प्रभावित नहोस् भनेर आफ्नो सम्पूर्ण ध्यान सदन खुलाउनेतिर लागेको पनि बताए।

‘बजेट प्रस्तुत गर्न असहजता नहोस् भनेर सक्रिय हुनुपर्ने बाध्यता पनि छ आवश्यकता पनि छ,’ प्रधानमन्त्री प्रचण्डले भने।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट