Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

विपक्षी दलले सभामुखलाई भने– टीओआरमा सहमति नभएसम्म संसद् नचलाउनुस्


प्रतिनिधिसभाका विपक्षी दलहरूले संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआर (कार्यादेश) मा सहमति नहुँदासम्म संसद् नचलाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।

आइतबार विपक्षी दलको बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञान बहादुर शाहीले सभामुख घिमिरेलाई भेटेर सो आग्रह गरेका हुन्।

सभामुख घिमिरेको सचिवालयका अनुसार, सभाामुखको कार्यकक्षमा पुगेर विपक्षी दलको बैठक सुनाउँदै शाहीले सहमति नजुटी संसद् नचलाउन भनेका हुन्।

सभामुख घिमिरेले आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट