Techie IT
Samayabaddha
आईतबार, २८ मंसीर, २०८२

०५८ सालमै पार्टीलाई सबै जग्गा दिएका नारायणकाजीसँग अझै ३९ रोपनी जग्गा


परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा एक लाख २२ हजार ९१८ रुपैयाँ रहेको जनाएका छन् । मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा मन्त्री श्रेष्ठले त्यसबारे जानकारी गराएका हुन् ।

उनले आफूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको गाडी प्रयोग गरिरहेको पनि जनाएका छन् । बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी पार्टी अध्यक्ष प्रचण्डले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

उनको गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा तीन कित्ता जग्गा छ । जुन २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको विवरणमा उल्लेख छ ।

आफूसँग कुल ३९ रोपनी ५ आना ४ दाम पैतृक जग्गा रहेको जनाएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट