Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको पहिलो बैठक बस्दै


सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दै छ।

समितिको बैठक आज दिउँसो २ बजे प्रतिनिधि सभाको बैठकलगत्तै सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ।

गत जेठ १५ गते प्रतिनिधि सभाको बैठकबाट एमाले सांसद सूर्य थापाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो।

समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।

समितिको कार्यावधि ३ महिना तोकिएको छ।

उक्त समिति गठनसँगै संसदको गतिरोध अन्त्य भएको थियो। त्यसअघि समिति गठनको माग गर्दै कांग्रेसले लामो समय अवरोध गरेको थियो।

केही ठूला सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएका कारण सत्तापक्षले समिति गठन गर्न मानेको थिएन।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट