Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

घुस मागेको विषयमा छानबिन गर्न अख्तियारले बोलायो कर्णलाई


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक व्यापारिक घरानाका सदस्यसँग घुस मागेको विषयमा छानबिन गर्न नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका तत्कालीन सदस्य सुवोधकुमार कर्णलाई बोलाएको छ ।

अख्तियारले बुधबार गोरखापत्रमा सूचना जारी गरी कर्णलाई ३० दिनभित्र आयोगको कार्यालयमा उपस्थित हुन भनेको हो ।

सूचनामा ‘नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्यले व्यवसायिक घराना सम्बद्ध व्यवसायीसँग घुस मागेको भन्ने उजुरीबारे अध्ययन गर्न’ भनी उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका तत्कालीन सदस्य कर्णमाथि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग घुस मागेको आरोप थियो ।

म्यासेजमार्फत ३० हजार डलर घुस मागेको आरोप लागेपछि अख्तियारमा समेत उजुरी परेको थियो ।

तत्कालीन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको बेलामा यो घटना सार्वजनिक भएको थियो ।

हिमालखबरले त्यतिबेला प्रकाशित गरेको रिपोर्ट अनुसार नेपाल राष्ट्र बैंकमा रोकिएका दुई प्रमुख कामका लागि उनले रकम मागेका थिए ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जरका क्रममा कर छुट अनि राष्ट्र बैंकमा अड्किएको सीजी सिमेन्टको सेयर लेखांकनको प्रस्ताव अघि बढाउन कर्णले बार्गेनिक गरेको आरोप छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट