Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

जाजरकोटको धुमामा पहिरोले पुरेर दुई जना बेपत्ता


काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा दुई जना पुरिएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनको श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन् ।

गएराति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट