Techie IT
Samayabaddha
शनिबार, २० वैशाख, २०८२

इरानका तेल संरचना जोगिएपछि अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घट्यो


इजरायलले इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि हप्ताको सुरुवातमै एशियाली कारोबारमा तेलको मूल्य घटेको छ ।

इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

डिसेम्बर डेलिभरीका लागि नर्थ सी ब्रेन्टको मूल्य चार दशमलव शून्य पाँच प्रतिशतले घटेर प्रतिब्यारेल चार सय ७२ दशमलव ९७ डलरमा झरेको छ । वेस्ट टेक्सास इन्टरमिडिएट चार दशमलव १९ प्रतिशतले घटेर चार सय ६८ दशमलव ७७ डलर कायम भएको छ ।

इजरायलले हप्ताको अन्त्यमा इरानका विभिन्न प्रान्तमा रहेका क्षेप्यास्त्र कारखाना र सैन्य सुविधाहरूमा आक्रमण गरेको थियो । तर इरानले ऊर्जा स्थलहरूलाई सावधानीपूर्वक बचाउँदै आक्रमणको प्रभावलाई कम आंकलन गरेको खबरमा उल्लेख छ ।

यसले आउने दिनमा पनि तेलको जोखिम महसुलमा निरन्तर घटाउने अवस्था सिर्जना गरेको विश्लेषकहरुले बताएका छन् । उनीहरुका अनुसार तनाव थप कम भएमा तेलको मूल्यमा निरन्तर गिरावट हुने सम्भावना छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट