Techie IT
Samayabaddha
बिहीबार, २० कात्तिक, २०८२

शान्ति प्रक्रियामा दमननाथ ढुङ्गानाको भूमिका

वि.सं २०५१ सालको मध्यावधि निर्वाचनमा विद्यादेवी भण्डारीसँग पराजित भएपछि ढुङ्गाना नेपाली कांग्रेसको सक्रिय राजनीतिबाट अलग भए


काठमाडौं, २ मंसिर । पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

कलेजोसम्बन्धी समस्याको उपचारका क्रममा काठमाण्डूको एक निजी अस्पतालमा आइतवार दिउँसो २ बजे ढुङ्गानाको निधन भएको उनका सहयोगी समेत रहेका भान्जा सुरज भट्टराईले जानकारी दिए।

परिवारका अनुसार ढुङ्गानाको कलेजोमा चार महिना अघि ट्यूमर पहिचान भएको थियो। केही समय काठमाण्डूमा उपचार गराएर उप उपचारका लागि उनी भारतको नयाँ दिल्ली गएका थिए।

देशमा एक दशक सशस्त्र विद्रोह गरेको तत्कालीन नेकपा (माओवादी)लाई हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आउन नागरिकका तर्फबाट आग्रह गर्ने अगुवाहरूमध्ये ढुङ्गाना पनि एक थिए।

वि.सं २०५१ सालको मध्यावधि निर्वाचनमा विद्यादेवी भण्डारीसँग पराजित भएपछि ढुङ्गाना नेपाली कांग्रेसको सक्रिय राजनीतिबाट अलग भएका थिए।

त्यसपछि नागरिक अगुवाको पहिचान बनाएका ढुङ्गानाले विसं २०६२/२०६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए।

देशमा एक दशक सशस्त्र विद्रोह गरेको तत्कालीन नेकपा (माओवादी)लाई हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आउन नागरिकका तर्फबाट आग्रह गर्ने अगुवाहरूमध्ये ढुङ्गाना पनि एक थिए।

पछि उनी माओवादीसँगको शान्ति वार्तामा सहजकर्ताको भूमिकामा पनि सक्रिय रहे। राजनीतिमा आउनुअघि अधिवक्ता रहेका ढुङ्गाना कानुन व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार असोसिएशनमा दुई पटक सचिव र सर्वोच्च अदालत बार असोसिएशनको अध्यक्ष भएका थिए।

उनले वकालत गर्नुअघि केही समय अध्यापन र पत्रकारितासमेत गरेका थिए। उनलाई पछिल्लो डेढ दशकयता उच्च रक्तचाप र मधुमेहको समेत समस्या थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट