माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले बताए । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।
कार्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो । जसअनुसार थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया