Techie IT
Samayabaddha
सोमबार, २१ वैशाख, २०८३

सुनको भाउ एक सातामै ५ हजार ४०० रुपैयाँले बढ्यो, कारण यस्तो


काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि घट्न थालेको सुनको भाउ फेरि बढ्न सुरु भएको छ। यस साता मात्रै सुनको भाउ तोलामा ५ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँ रहेको छापावाला सुनको भाउ गत शुक्रबारसम्ममा १ लाख ६५ हजार ५०० रुपैयाँमा पुगेको हो।

यस साता ६ दिन नै सुनको भाउ बढेको छ। अन्तराष्ट्रिय बजारमा समेत प्रतिआउन्स २६०० डलरभन्दा तल झरेको सुनको भाउ अहिले प्रतिआउन्स २७०० डलर नजिक पुगिसकेको छ। यसले गर्दा नेपाली बजारमा पनि सुनको भाउ निरन्तर बढेको हो।

सुनको मूल्य बढ्नुका कारण सुनमा लगानी बढ्नु, अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बृद्धि हुनु, बैंकहरुको व्याजदरले पनि भूमिका खेलेको र अन्तर्राष्ट्रिय द्वन्द्व बढेकाले हो भनि विश्लेषकहरुको भनाई रहेको छ । रसिया र युक्रेनको युद्ध फेरि चर्किएसँगै सुनको भाउ थप बढ्न थालेको हो।

यस साता चाँदीको भाउ समेत तोलामा ३० रुपैयाँले बढेको छ। अघिल्लो साता प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदीको भाउ बढेर प्रतितोला १ हजार ९४० रुपैयाँ पुगेको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट