Techie IT
Samayabaddha
आईतबार, ७ भदौ, २०८३

दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश


काठमाडौँ, ९ मंसिर । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ।

उनका छोरा निराजनले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रसाईंसहित उनलाई पक्राउ गर्नुको कारण लिएर उपस्थित हुन आदेश दिएको हो।

प्रधानमन्त्री केपी ओलीविरुद्ध अफवाह फैलाएपछि प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

बन्दी पनि सर्वोच्चमा उपस्थित गराउन भनिएको छ।

प्रसाईले विद्युतीय कारोबार ऐनअन्तरगतको कसुरमा दोस्रोपटक मंसिर ४ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। प्रधानमन्त्री केपी ओलीविरुद्ध अफवाह फैलाएपछि प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट