Techie IT
Samayabaddha
बुधबार, १७ असार, २०८३

यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने ३ जना पक्राउ


काठमाडौं । यार्सागुम्बाका नाममा नक्कली औषधि उत्पादन तथा बिक्रीरवितरण गरी ठगी गर्ने गिरोह पक्राउ परेका छन् । यार्सागुम्बा, सताबरी, अश्वगन्ध, सिलाजितजस्ता जडीबुटीको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडीबुटी भनेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेको नमोबुद्ध नगरपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे रहेका छन् ।

उनीहरूले हिमाली जडीबुटी भन्दै विभिन्न नाम दिएर सामाजिक सञ्जालमार्फत विज्ञापन गरी वृद्धदेखि युवासमेतले खान मिल्ने, कुनै असर नभएको, डाक्टरको सिफारिश नचाहिने भनी सर्वसाधारणमा भ्रम सिर्जना गरी एक बट्टाको दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गरेका सीआईबीका प्रहरी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट